विश्व

बुर्किना फासोमा भएको नरसंहारमा करिब एकसय जनाको मृत्यु

  पश्चिम अफ्रिकी देश बुर्किना फासोमा भएको नरसंहारमा करिब एकसय सर्वसाधारणको मृत्यु भएको छ । युरोपेली संघको कूटनीतिक सेवाले जनाए अनुसार बुर्किना फासोको उत्तर–मध्य क्षेत्रको जाओन्गो गाउँमा भएको नरसंहारमा महिला र बालबालिका सहित करिब एक सय सर्वसाधारणको मृत्यु भएको छ