कोरोना संक्रमणबाट भारतमा ४६ हजारको मृत्यु, २३ लाख भन्दा बढी संक्रमित



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ४५ हजार नाघेको छ ।
विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाका कारण विश्वभर २ करोड ५ लाख २२ हजार १ सय ९१ जना संक्रमित भएका छन् भने ७ लाख ४५ हजार ९ सय २७ जनाको मृत्यु भएको छ ।

यस्तै, १ करोड ३४ लाख ४१ हजार ९ सय १३ उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६३ लाख ३४ हजार ३ सय ५१ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६४ हजार ६ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

चीनको वुहानबाट गत डिसेम्बर अन्त्यबाट सुरु भएको कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५३ लाख ५ हजार ९ सय ५७ पुगेको छ । कोरोना संक्रमणका कारण १ लाख ६७ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ५५ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३१ लाख १२ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ३ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २२ लाख ४३ हजार १ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २३ लाख २८ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ४६ हजार १ सयबढीको मृत्यु भईसकेको छ भने १६ लाख ३८ हजार १ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

  दक्षिणी पेरुको पुनो क्षेत्रमा एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा १० जनाको

‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले सोमबार थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको

हमासद्वारा बन्धक रिहाइका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव स्वीकार

  हमासले कतार र इजिप्टको मध्यस्थताको प्रस्ताव स्वीकार गरेको छ । यो गाजामा

चट्याङ लागेर म्यान्मामा ७३ जनाको मृत्यु

म्यान्मामा चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उदृत