विश्वमा एक करोड ११ लाख भन्दाबढी कोरोना संक्रमति निको भई घर फिर्ता



विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ११ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ७७ लाख ५४ हजार २ सय २१ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ११ लाख ५९ हजार ६ सय ३० जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ६ लाख ८२ हजार ८ सय ८५ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ५९ लाख ११ हजार ७ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ५ सयबढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४७ लाख ५ हजार ८ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २३ लाख २७ हजार ५ सय बढी निको भएका छन् भने १ लाख ५६ हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २६ लाख ६६ हजार २ सय ९८ पुगेको छ भने ९२ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १८ लाख ८४ हजार भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा १६ लाख ९७ हजार भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३६ हजार ५ सयबढीको मृत्यु भईसकेको छ भने १० लाख ९५ हजार ५ सय भन्दाबढी निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस
महात्मा गान्धीको चस्मा ब्रिटेनमा लिलाममा राखिने

वेलायतमा एउटा लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मा आफूले फेला पारेको जनाएको

हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई पक्राउ

विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई पक्राउ गरिएको

कोरोना संक्रमणबाट विश्वमा ७ लाख ३३ हजार भन्दा बढीको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ ।

बेलारुसमा राष्ट्रपतिविरुद्ध प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त

सरकारी टेलिभिजनले गरेको मतदान पछिको मत सर्वेक्षणले लामो समयदेखिका नेता एलेक्जेन्डर लुकाशेन्का पुनः