विश्वमा एक करोड ११ लाख भन्दाबढी कोरोना संक्रमति निको भई घर फिर्ता



विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ११ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ७७ लाख ५४ हजार २ सय २१ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ११ लाख ५९ हजार ६ सय ३० जना उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण ६ लाख ८२ हजार ८ सय ८५ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ५९ लाख ११ हजार ७ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार ५ सयबढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४७ लाख ५ हजार ८ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २३ लाख २७ हजार ५ सय बढी निको भएका छन् भने १ लाख ५६ हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २६ लाख ६६ हजार २ सय ९८ पुगेको छ भने ९२ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १८ लाख ८४ हजार भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा १६ लाख ९७ हजार भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ३६ हजार ५ सयबढीको मृत्यु भईसकेको छ भने १० लाख ९५ हजार ५ सय भन्दाबढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही