पाकिस्तानमा कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु



पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । देशका स्वास्थ्य अधिकारीहरुले दिएको पछिल्लो विवरण अनुसार आइतबारसम्ममा मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

अधिकारीहरुले शनिबारसम्म देशभरीमा संक्रमितको संख्या दुई हजार ७०८ पुगेको र संक्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताएका थिए । आइतबार भने संक्रमित अवस्थामा रहेका मध्ये १८ जनाको अवस्था गम्भीर रहेको र १७० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले सवैभन्दा धेरै संक्रमितहरु पन्जाव प्रान्तमा रहेको पनि जनाएको छ ।

पन्जावमा एक हजार १६३ जना संक्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै संक्रमित सिन्ध प्रान्तमा रहेका छन्, जहाँ ८६४ जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार खैबर पख्तुन्ख्वामा ३७२ जना, गिल्गिट बाल्तीस्तानमा २०६ जना, बलुचिस्तानमा १८५ जना, केन्द्रीय राजधानी रहेको इस्लामावाद प्रान्तमा ७८ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १२ जना संक्रमित रहेका छन् ।

विश्वभरी २०० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण आइतबारसम्म १२ लाखभन्द बढी बिरामी भएका छन् भने ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका