तेह्रौँ सागमा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडीको डोपिङ पोजेटिभ



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।

नेपालमा गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म भएको १३औँ सागमा सहभागी १०० मिटर हर्डल्समा स्वर्ण जितेका मुहम्मद नहिम र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका मेहबुब अलीको डोपिङ पोजेटिभ पाइएको हो । दुवै जनाको डोपिङ पोजेटिभ देखिएको र उनीहरुले त्यसलाई स्वीकारेको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ ।

दुवै खेलाडीलाई सन् २०१९ डिसेम्बर २ तारिखदेखि सन् २०२३ डिसेम्बर २ तारिखसम्मका लागि निलम्बन गरिएको नेपाल ओलम्पिक कमिटीको विज्ञप्तिमा उल्लेख छ । नदिम र अलीको स्वर्ण पदक खोसिएको छ । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को नियमानुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो । यस क्रममा दुवै खेलाडीले निषेधित पदार्थ सेवन गरेको पाइएको थियो । तेह्रौँ सागमा पाकिस्तानले ३० स्वर्णसहित १३२ पदक जितेका थियो । दुई स्वर्ण खोसिएपछि अब पाकिस्तानका नाममा ३० स्वर्णमात्र रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो

कमलामाई ।रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो

मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको

यस्तो छ मूलपानी क्रिकेट मैदानको नयाँ डिजाइन

काठमाडौं । मूलपानी क्रिकेट मैदानको डिजाइन युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ

पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घको अवार्ड प्रदान गरिने

  कास्की ।  फुटबल एकेडेमी र प्रतियोगिता सञ्चालन गरी फुटबल खेल विकासमा क्रियाशील