सदस्य सचिव सिलवाललाई बधाइ तथा शुभकामना



राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिँदा गरिएको विश्वास टुट्न नदिने बताएका छन् ।

नेपाल भलिबल संघले उनकै सम्मानमा आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले भने, ‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ त्यसमा इमानदार भएर अगाडि बढ्ने छु । मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्य–सचिव सिफारिस समितिलाई धन्वाद दिन चाहन्छु । उहाँहरुको विश्वासलाई कहिले टुट्न दिने छैन ।’

सदस्य–सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले बधाइ र शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने