आर्सनल एफए कपको उपाधि जित्न सफल



चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । लण्डन डर्बी फाइनलमा आर्सनलले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै चेल्सीलाई २(१ ले पराजित गरेको हो ।

खेलको पाँचौ मिनेटमै क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । चेल्सीका कप्तान सेजार एजप्लिकुएटाले ओबामेयाङलाई पेनाल्टी एरियामा फाउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो र ओबाम्याङले सहजै गोल गरे । पहिलो हाफमा १(१ को बराबरीमा सकिएको खेलमा आर्सनलले दोस्रो हाफमा एक गोल गर्दै खेल जितेको हो । ६७औं मिनेटमा ओबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २(१ को अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा आर्सनलले जित हात पारेको हो । आर्सनलका पूर्व कप्तान समेत मिकेच आर्टेटाले प्रशिक्षकको रुपमा पहिलो ट्रफी जितका छन् । आर्सनलले सर्वाधिक १४औं पटक एफए कपको उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको