विश्व वरियतामा नेपाली महिला भालिबल टोली ८६ औं स्थानमा



काठमाडौं । विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहँदै सो स्थानमा रहन सफल भएको हो ।

नयाँ वरियतामा नेपालको ५७ अङ्क रहेको छ । वरियताको शीर्ष स्थानमा भने चीन रहेको छ । त्यसैगरी अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौँ स्थानमा छन् । नेपाली महिला भलिबल टोली एशियाली राष्ट्रको वरियतामा भने १७औँ स्थानमा रहेको छ ।

पुरुषतर्फको वरियतामा भने नेपाल १३६औँ स्थानमा रहेको छ । नेपालको ५० अङ्क छ । पुरुषको वरियतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौं स्थानमा छन् । एशियाको वरियतामा नेपालको पुरुष टोली २७औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

  काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण

स्पेनिस ला लिगाको उपाधि रियललाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६

पोखरामा मार्सल आर्ट फेस्टिभल सुरु

पोखरा । पोखरामा पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने