मिडफिल्डर केसुके होन्डाकोे विश्व फुटबलमा दुर्लभ कीर्तिमान



जापानी मिडफिल्डर केसुके होन्डाले विश्व फुटबलमा दुर्लभ कीर्तिमान रचेका छन् । जापानी मिडफिल्डर केसुके होन्डाले ब्राजिलियन क्लब बोटाफोगोका लागि डेब्यु खेलमा नै गोल गरेपछि विश्व फुटबलमा दुर्लभ कीर्तिमान रचेका हुन् ।

ब्राजिलियन क्लब बोटाफोगोमा अनुबन्धित भएका होन्डाले ब्राजिलियन लिग काम्पेओनाटो करिओका अन्तर्गत बांगुविरुद्ध खेलमा गोल गरेका हुन् । उनले यस गोलसँगै दक्षिण अमेरिका महादेशमा पनि गोल गरे । यो उनले गोल गरेको पाँचौ महादेश हो । विश्व फुटबलमा ५ महादेशमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।उनी हाल क्याम्बोडियाको राष्ट्रिय टोलीको प्रशिक्षक समेत हुन् । उनले खेलाडी दर्ता प्रक्रियामा केहि समय लाग्दा ब्राजिलियन क्लबबाट खेल्न कुर्नुपरेको थियो । तर डेब्यु खेलमै गोल गर्दै उनी क्लब फुटबलमा ५ फरक महादेशबाट गोल गर्ने पहिलो खेलाडी बने ।

होन्डाले यसअघि एसिया, युरोप, उत्तर अमेरिका र ओसेनियामा गोल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मटिहानीका आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई 

गण्डकीका आठ हजार २७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ ।

सडक खनेको चार दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण

मलेखु । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज)

चक्कु प्रहार गरी स्याङ्जामा युवकको हत्या

वालिङ (स्याङ्जा) । स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ