‘लक्की इमेजिङ’ प्रविधि प्रयोग गरी वैज्ञानिकहरू बृहस्पति ग्रहको नयाँ तस्वीर खिच्न सफल



खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन् । तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ । उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ ।

त्यस्तो स्पष्ट तस्वीर खिच्न वैज्ञानिकहरूले “लक्की इमेजिङ“ भन्ने प्रविधि प्रयोग गरेका थिए । जसले पृथ्वीको हलचलयुक्त वायुमण्डलका कारण तस्वीर धमिलो तुल्याउने प्रभाव हटाइदिएको थियो । यो उपायबाट एकै पटक थुप्रै तस्वीरहरू खिचिन्छ र हलचल असाध्यै कम भएका तस्वीरहरू मात्र निकालिन्छ। जब सबै तस्वीरहरू एक ठाउँमा राखेर राम्रो राम्रो अंशहरू जोडेर नयाँ तस्वीर बनाइन्छ, त्यस्तो तस्वीर एक पटक खिचिएको तस्वीरभन्दा निकै पृथक हुन्छ ।

बृहस्पतिको वायुमण्डलमाथि रहेको पातलो बादल र तुवाँलोभित्र इन्फ्रारेड किरणमा हबल जस्तो टेलिस्कोपले तस्वीर खिच्दा वैज्ञानिकहरूलाई उक्त ग्रहको भित्री भागसम्मको दृष्य उपलब्ध गराउन सक्छ । अनुसन्धानकर्ताहरू यो ग्यासले बनेको विशाल ग्रहको मौसम प्रणाली कसरी विकसित हुन्छ भन्ने जान्न चाहन्छन् । खासगरी यो ग्रहमा उत्पन्न हुने विशाल आँधीबारे उनीहरूको गहिरो चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

  भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन

इजरायल सरकारले आफ्नो देशमा अल जजिरा टिभी बन्द गर्ने

  इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उनको सरकारले कतार आधारित समाचार च्यानल अल जजिरालाई

हरदीप सिंहका हत्यारा पक्राउ कानुनी शासनको उदाहरणः प्रधानमन्त्री ट्रुडो

  प्रधानमन्त्री जस्टिन ट्रुडोले  क्यानाडाका सिख समुदायमा डर रहेको स्वीकार गरेका छन् ।

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट ६ सयभन्दा बढीको उद्धार

  अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी