अष्ट्रेलियामा समस्या परेका विद्यार्थीहरुलाई राहत



काठमाडौं । सुनौलो भविष्य निर्माणको सपना बोकेर उच्च शिक्षा हासिल गर्नका लागि पछिल्लो समय अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरु कोरोना भाईरस कोभिड-१९ को विश्वब्यापी प्रकोपको कारण पुराना विद्यार्थी भन्दा गम्भीर समस्यामा परेका छन् । नयाँ ठाउँमा त्यहाँको रहनसहन पनि नबुझेको र काम गरेर पैसा कमाउने अवस्था पनि नभएका कारण उनीहरु गम्भीर आर्थिक संकटमा परेका हुन् ।

अष्ट्रेलियाका प्रधानमन्त्रीले अष्ट्रेलियामा पुगेर आफ्नो खाने बस्ने व्यबस्था आफैं मिलाउन नसक्नेहरुलाई स्वदेश फर्किन अनुरोध गरिसकेका छन् भने पछिल्लो समय अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुका लागि नेपाल सरकार र अष्ट्रेलियास्थित नेपाली दूतावासले पनि कुनै राहतको व्यबस्था मिलाउने अवस्था छैन । नेपाल सरकारले नेपालबाट अविभावकहरुले अष्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई पैसा पठाउन सक्ने व्यबस्था मिलाएको बताएपनि यसको कार्यान्वयनमा समस्या देखिएको छ ।

यस्तो विषम् परिस्थितिमा संकटमा परेका विद्यार्थीहरुलाई ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजले आर्थिक सहयोग गरिरहेको छ । अहिले सुरुको अबस्थामा एक सय वीस जनालाई पन्ध्र दिनको घरभाडा बराबरको रकम प्रदान गरिएको ग्रेस इन्टरनेशनल मेलबोन एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजका डाइरेक्टर दीपक आचार्यले जानकारी दिएका छन् ।

पछिल्लो समय अष्ट्रेलिया पुगेका नयाँ विद्यार्थीहरुको संख्या एक सय पचास जना भन्दा धेरै भयपनि उनीहरुको ठेगाना थाहा नभएको र फोन नम्बर पनि नभएका कारण फेसबुकमार्फत प्रचार गरेर सम्पर्क हुन सकेजतिलाई अहिले पहिलो किस्ताको सहयोग गरिएको र अन्यलाई पनि सम्पर्क गर्ने कोशिस भइरहेको आचार्यले बताए ।

उनका अनुसार यो विपद्को घडीमा अष्ट्रेलियास्थित आर्थिक समस्यामा परेका विद्यार्थीहरुलाई आगामी दिनहरुमा सहयोग पुर्याउनका लागी ग्रेस इन्टरनेशनल मेलबोन एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजले सहयोग कोष खडा गरेर अगाडि बढ्ने भएको छ । यदि कसैलाई समस्या परेको खण्डमा र कसैलाई सहयोग गर्ने ईच्छा भएमा फोन नं 403 594 230 मा सम्पर्क गर्नका लागी पनि आचार्यले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई