अवैध रुपमा मृगौला प्रत्यारोपण गराएको अभियोगमा पक्राउ परेका १२ जना धरौटीमा रिहा



काठमाडौं । अवैध रुपमा मृगौला प्रत्यारोपण गराउने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेका १३ जना मध्ये १२ जना धरौटीमा रिहा भएका छन् । बुधबार ललितपुर जिल्ला अदालतले सबैलाई धरौटीमा रिहा गर्ने आदेश दिएकोमा रेश्मा राई धरौटी बुझाउन नसकी थुनामा गएकी छन् भने अन्य १२ जना धरौटी बुझाएर रिहा भएका छन् ।

ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पनि ५० हजार धरौटीमा रिहा भएका छन् । मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनीलाई असार २८ गते नियन्त्रणमा लिएको थियो ।

अवैध रुपमा मृगौला प्रत्यारोपण गरिएको भन्ने घटनाको सम्वन्धमा मानव शरीरको अंग प्रत्यारोपण सम्बन्धी कसुर मुद्धाका उनीहरुविरुद्ध प्रहरीले मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

  काठमाडौँ ।   मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री

मे १ देखि चीन जाने नेपालीलाई भिषा शुल्क नलाग्ने

  काठमाडौँ ।  छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने भएको छ