कोरोनालाई चुनौति दिने प्रहरीको त्यो पत्रकार सम्मेलन



काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन दिनहुँ आग्रह गर्दै आएको छ । भीडभाडमा जाँदा र भीड गर्दा कोरोना संक्रमण समुदायमा सर्छ भनेर मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

त्यसैले मन्त्रालयले दैनिक भर्चुअल पत्रकार सम्मेलन गर्दै आएको छ । यसरी संक्रमित बढ्दै गएपछि विभिन्न संघ संस्था, नेपाली सेना, नेताहरुले समेत भर्चुअल छलफल गर्न थालेका छन् । तर मंगलबार प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलन भने मन्त्रालयको आग्रहलाई खिल्ली उडाने खालको थियो । काठमाडौंको गोंगबुमा आइतबार सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न कल्पना मुडभरी पौडेलाई सार्वजनिक गर्ने कार्यक्रममा यस्तो दृष्य देखिएको हो ।

प्रहरीले एउटा अभियुक्त सार्वजनिक गर्न यसरी गाईजात्रे पत्रकार सम्मेलन गरेको भन्दै सामाजिक संजालमा आलोचना भएको छ । कानुन कार्यान्वयन गर्ने निकायले नै यसरी स्वास्थ्य सुरक्षा मापदण्ड विपरित पत्रकार सम्मेलन गर्न उपयुक्त नभएको भन्दै प्रहरीको आलोचना भएको हो ।
हेर्नुस् पत्रकार सम्मेलनमा भीड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवा विदेश पलायन रोक्न प्रमुख दलका शीर्ष नेतृत्वले सोच्नुपर्छ

काठमाडौँ । मुलुकको वर्तमान संसदीय अभ्यासका सकारात्मक एवं नकारात्मक पक्ष छन् । नकारात्मक

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ

गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने

  काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर

कालीकोटका किसानलाई गोठालो भत्ता !

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको