‘इशनिन्दा’



डा. गोविन्दशरण उपाध्याय ।

एउटा मुस्लिम महिलाका लागि वुर्काबाट वाहिर निस्केर, आफ्नै समाजका विरोधाभासहरूको विरुद्ध लेख्नु सजिलो कुरा होइन | वंगलादेशी लेखिका तसलिमा नसरिनले “लज्जा” लेखे पनि उनको आफ्नै देश शत्रु बन्न पुग्यो | पाकिस्तानमा पनि दुर्रानीको “इशनिन्दा” विरुद्ध निकै ठूलो भुइचालो आएको थियो तर पनि उनी पाकिस्तान मै छन् |

पाकिस्तानी मुस्लिम समाज निश्चित नै बडो विचित्रको छ किनभने त्यो तेही समाज हो जसले मुस्लिम राष्ट्र भएर पनि बेनजिर भुट्टोलाई विश्वको पहिलो मुस्लिम महिला प्रधानमन्त्री बनायो त्यो भनि चुनावमा जिताएर | तेस्तो समाजलाई कट्टरपन्थी भन्न मिल्छ कि मिल्दैन किनभने सबैभन्दा पुरानो र विश्वको लागि प्रजातान्त्रिक राजनैतिक प्रणालीको अगुवा मानिएको अमेरिकाले समेत तेस्तो आँट गरेको छैन आजसम्म |

दुर्रानीको कितावले यदि पाकिस्तानी मुस्लिम पुरुषहरूको आलोचना त गरेको छ तर उनको आलोचनामा केवल शिया मुस्लिम समुदाय तारो बनेको छ जवको कट्टरताको दृष्टिकोणले सुन्नी समाज बढी रूढ़ी छ, महिलाहरूलाई बूर्का लगाउन बाध्य पार्ने सुन्नी हुन्, शिया होइन |

निश्चय नै विश्वमा पुरुषहरूको हैकम्प छ तर आज पनि मुस्लिम महिलाहरूबाट दुर्रानीझैं आफ्नै समाजसंग विद्रोह गर्ने आँट केहीले मात्र गरेका छन् | समस्या बूर्काको होइन, समस्या त्यो सोच हो जसले महिलालाई “जोत्ने खेत” भनेर प्रयोगको वस्तुमात्र बनाउँछ |

मेरी पत्नी भन्दैछन् “ओहो ! संसारमा एस्तो समाज पनि हुँदोरहेछ |”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन

केशवप्रसाद भट्टराई । २०६२/६३ पछिको झन्डै दुई दशकको अवधिमा राम्रो के भयो र

के नेपाली हुनुमा गौरव छ ?

डा. गोविन्दशरण उपाध्याय । स्थान : पशुपति परिसर, समय: ११ः३० के तपाईंलाई नेपाली