आमा नमस्ते !!



डा. गोविन्दशरण उपाध्याय ।

जताततै कोरोनाको कुरा सुनेर तपाईंलाई हाम्रो चिन्ता लाग्नु स्वाभाविक हो तर हामी सन्चै छौं | मैले किताव पढेर समय विताएको छु भने बाबु मोबाइलमा खेलहरू हेरिरहेको हुन्छ | तपाईंकी वुहारी र छोरी पनि कहिले कथा पढ्छन्, भान्छाको काम गर्छन् र कोरोनाका समाचार सुन्छन् | काठमाडौँ पुरै वन्द छ | बरू गाउँमा त एसो वाहिर निस्क्यो भने जताततै देख्न पाइन्छ, यहाँ त घरकोठा नै संसार हुन्छ |

विदेशमा धेरै मान्छे करोना लागेर मरेको खवर छ | यहाँ सबै थोक सरकारले वन्द गरिदिएको छ | कसैलाई घरबाट वाहिर निस्कन अनुमति छैन | धान्नै केही सागसब्जिका पसल र दूधका पसलहरू खुल्ने गरेका छन् | बेलुका भएपछि मुखमा लुगाको फुन्गो लगाएर किन्न जान्छौं |

तर मलाई तेताको चिन्ता लागि रहेको छ | मैले समाचारमा धेरै विदेश गएका मान्छेहरू गाउँ फर्केको सुनेको छु | ती मान्छेले करोना बोकेको हुन सक्छ | तेस्ता मान्छेका नजिक पटक्कै न पर्नु | बालबालिकालाई तिनले दिएको वस्तु खान नदिनु | विदेशबाट आएका आफन्त वा पाहुनालाई एक्लै राख्नु | छ हात पर रहेर कुरा गर्नु, खान दिनु तर छोइने काम पटक्कै नगर्नु | उनीहरूको लुगा न धुनु, उनीहरूसंग संगै नवस्नु र उनीहरू सन्चै छु भने पनि सतर्कता अपनाउनु | विदेशबाट आएपछि ज्वरो आएका र खोकी लागेका मान्छेसंग जोगिनु |

विदेशबाट आएका मान्छेहरूमा रुघाखोकी तथा ज्वरो देखियो भने ११८० मा फोन गरेर तेस मान्छेको विषयमा प्रहरीलाई जानकारी दिनु | यो नम्वरमा फोन गर्दा पैसा लाग्दैन | विदेशबाट आएको १४ दिनपछि मात्र त्यो मान्छेसंग अरू सरह व्यबहार गर्न सकिन्छ तर पनि छ हात पर रहेर कामकुरा गरेको राम्रो |

धेरै आत्तिनु पर्दैन | कसैलाई रोग लागिहाल्यो भने औषधि उपचार गर्नुपर्छ | एसको सबै व्यबस्था सरकारले गरेको छ | सधैं सावुन पानीले हात धुनु, सावुन नभए खरानीले हात धुनु, समयसमयमा तातोपानी खाँदै गर्नु | अनावश्यक रूपमा मान्छेहरूको भीडमा नजानु र केटाकेटीलाई पनि जान नदिनु |

यो चीसोबाट तातो दिनतिर जाने मौसम हो | तेसैले रुघाखोकी लाग्न सक्छ, हलुका ज्वरो पनि आउँन सक्छ | एस्तो भयो भने आत्तिनु पर्दैन तर यदि कुनै विदेशबाट आएको मान्छे घरमा छ, कुनै मान्छे पाहुना आएको थियो भने ज्वरो आउँदा नजिकैको स्वास्थ्य चौकीमा खवर गरेको राम्रो हुन्छ |

विदेशबाट आएका मान्छेमा ज्वरो देखियो तर स्वास्थ्य चौकीमा जान अटेर गरिरहेको छ भने आफैले प्रहरीमा खवर गरिदिनु होला | अटेरी गर्ने व्यक्ति र परिवारसंग अलग्गै वसेको राम्रो हुन्छ | यहाँ बरू स्वास्थ्य हेरचाह सजिलो छ तर गाउँमा यो रोग फैलियो भने गारो हुन्छ |

हामी सहरको घरमा थुनिएर वसेका छौँ | तेहा आएको भए सारै रमाइलो हुन्थ्यो | यो वन्दमा हजुरको धेरै याद आउँछ, चिन्ता लाग्छ, माया लाग्छ | मैले सबै वहिनी र भाईहरूलाई दिनको एक पटक फोन गरेको छु | उनीहरूले पनि गर्छन् |

साच्चिकै एक्लै घरमा वसिरहनु पर्दा निकै आमा र घरछिमेकिको धेरै याद आउँदो रहेछ | यो फोनले न्यास्रो मेट्ने काम गर्छ | फेरी भोली कुरा गरौला | फोन राखें |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीय पाठ्यक्रम आवश्यक छ ?

डा दीपेन्द्र रोकाया । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन

केशवप्रसाद भट्टराई । २०६२/६३ पछिको झन्डै दुई दशकको अवधिमा राम्रो के भयो र

के नेपाली हुनुमा गौरव छ ?

डा. गोविन्दशरण उपाध्याय । स्थान : पशुपति परिसर, समय: ११ः३० के तपाईंलाई नेपाली