विज्ञान र प्रविधिको भाषा गणित, अनि किन अपमान ?



पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का निम्ति तयार पारेको भनिएको नयाँ पाठ्यक्रमको प्रारूपका बारेमा विगत दुई वर्ष अगाडिदेखि विवाद भैरहेको छ । यसैसन्दर्भमा त्रिभुवन विश्वविद्यालय, गणित केन्द्रीय विभाग, विभागिय प्रमुख प्रा.डा. टंकनाथ धमलासंग गरीएको कुराकानिको सारसंक्षेपः 

गणित विषयलाई सरकारले बुझन नसकेको हो ? 

सरकार र पाठ्यक्रम विकास केन्द्रले गणितको महत्वलाई बुझ्न नसकेको देखिन्छ । विज्ञान स्ट्रिममा गणित अनिवार्य गर्नुपर्छ । अरु स्ट्रिममा ऐच्छिकमा राख्दा हुन्छ ।

गणित विना विज्ञान, इन्जिनीयरीगं वा अन्य कुनै विषयको परीकल्पना गर्न सकिदैंन । गणितलाई कसरी सरल, सहज, जीवनोपयोगी तथा थप व्यावहारिक बनाउन सकिन्छ, त्यो आफैंमा महत्वपूर्ण पाटो हो ।

गणितलाई अनिवार्य बनाउन पहल पनि भइरहेको छ त ?

गणित विषयलाई अनिवार्य गर्नुपर्छ भनेर हामीले पाठ्यक्रम विकास केन्द्रलाई पटक पटक भन्दै पनि आएका छौं । हाम्रो पहल हामीले विज्ञका हिसाबले ध्यय गरीरहेका छौं । विज्ञान पढ्ने विद्यार्थीलाई गणित अनिवार्य गराउनुपर्छ ।

हाल प्रचारमा आएको र यसै वर्ष परीक्षणका रूपमा केही विद्यालयमा आंशिक रूपमा लागू गर्ने र अर्को वर्षबाट थप छलफल गरी लागू गर्ने भनिएको माध्यमिक शिक्षा पाठ्यक्रम स्वाभाविक रूपमा प्रगतिशील नै हुनुपर्छ ।

कार्यान्वयनको क्रममै रहेको गणतान्त्रिक नेपालको संविधान, संघीय संरचना तदनुरूप विकासको क्रममा रहेका गाउँ, नगर तथा प्रदेशहरु, तिनीहरूका स्थानीय स्रोतसाधन, प्रविधि, दक्षता तथा आवश्यकतालाई मध्यनजर गर्दै उपलब्ध स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै समृद्ध राष्ट्र निर्माणको निम्ति दक्ष जनशक्ति उत्पादन गर्ने एकमात्र अभिष्टसाथ वर्तमान शिक्षा नीति आउन लागेको हुनुपर्छ ।

विज्ञान तथा प्रविधिको विकास स्तरीय तथा गुणात्मक गणितको अध्ययनबिना सम्भव छैन ।

 गणित के हो ? 

विज्ञानको भाषा भनेको गणित हो । कुनै एक वैज्ञानिक या प्राविधिकले आफ्ना केही कुरा सोच्दा, बोल्दा, लेख्दा या खोज अनुसन्धानको सामल भनेको नै गणित हो । विज्ञान तथा प्रविधिको विकास स्तरीय तथा गुणात्मक गणितको अध्ययनबिना सम्भव छैन । विज्ञानको भाषा भनेको गणित हो ।

कुनै एक वैज्ञानिक या प्राविधिकले आफ्ना केही कुरा सोच्दा, बोल्दा, लेख्दा या खोज अनुसन्धानको सामल भनेको नै गणित हो ।

फिजिक्स, केमिस्ट्री, बायोलोजी, कम्प्युटर, इञ्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्र जस्ता कैयन विषय र तिनीहरूसंँग जोडिएर आउने गणितको अन्तरसम्बन्ध गणित नै कमजोर भएपछि स्वतः कमजोर हुन्छ र उक्त अध्ययन आफैंमा अधुरो, अपुरो रहन्छ । प्राण बिनाको शरीरजस्तो ।

स्तरीय शिक्षाका लागि गणित र विज्ञान साथसाथ जानुपर्छ, गणित बिनाको विज्ञान अथवा विज्ञान बिनाको गणितको कल्पनासम्म पनि गर्न सकिँदैन ।

नबुझ्नेले त बायोलोजीमा गणितको के काम पनि भन्दिन सक्छ । तर, बायोम्याथम्याटिक्स, बायोइन्फर्मेटिक्स, बायोइञ्जिनियरिङ, बायोमेडिकल साइन्सजस्ता विज्ञान र प्रविधिका अहिलेका जल्दाबल्दा विषयहरूबाट गणित निकाल्दा त्यहाँ पनि खासै बाँकी केही रहन्न ।

त्यसैले जीवविज्ञानमा गणितको अन्तरनिहित सम्बन्ध हुन्छ । बायोलोजी पढ्ने विद्यार्थीले चाहेर पनि गणित पढ्न नपाउने अवस्था सिर्जना भयो भने त्यो अत्यन्त प्रत्युत्पादक हुनेछ ।

स्तरीय शिक्षाका लागि गणित र विज्ञान साथसाथ जानुपर्छ भन्न खोज्नुभएको हो ?

अझै दैनिक जीवनका कतिपय समस्याको गणितीयकरण र तिनीहरूलाई मानवीय समवेदनासँग जोडेर खोजिने अनुसन्धानात्मक नतिजा वर्तमान समयमा निकै महत्व राख्छ ।

औषधी तथा मानव विज्ञानसँंग जोडिएर आएका गणितीय अनुसन्धानहरू पछिल्लो समय बढी चर्चित छन्, पुरस्कृत छन् ।

तसर्थ स्तरीय शिक्षाका लागि गणित र विज्ञान साथसाथ जानुपर्छ, गणित बिनाको विज्ञान अथवा विज्ञान बिनाको गणितको कल्पनासम्म पनि गर्न सकिँदैन ।

edupatra.com  बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको मुख्य समस्या भनेको प्राथमिकता सत्ता र गठबन्धन देखियो: सांसद बडू(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको

राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छः सांसद शर्मा

दाङ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था

सरकार फेर्ने माखेजालोमा दलका नेता फस्दै जाँदा जनतामा निराशा पैदा भयोः उपसभापति गुरुङ(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत

लगानी सम्मेलन कस्तो भयो ? लगानीबोर्डका सिइओ सुशील भट्टलाई आठ प्रश्न

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी