टिकटक विक्रिबाट अमेरिकालाई पैसा आउनुपर्ने ट्रम्पको माग



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकले अमेरिकामा गर्ने व्यवसाय अमेरिकी संस्थाले किनेमा त्यसबाट अमेरिकी सरकारले पैसा पाउनुपर्ने बताएका छन् । ट्रम्पले आफूले माइक्रोसफ्टको उच्चपदस्थ कर्मचारीसँग सप्ताहान्तमा फोनमा कुराकानी गर्दा खरिद रकमको राम्रो भाग माग गरेको बताएका हुन् ।

उनले चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले सेप्टेम्बर १५ सम्म विक्रीको सहमति नगरे उक्त एपलाई प्रतिबन्ध लगाउने बताएका छन् । ट्रम्पले चिनियाँ कम्पनीहरूमाथि निगरानी गर्ने बताएपछि बाइटडान्सलाई टिकटकको अमेरिका व्यवसाय बेच्न दबाव परेको छ ।

ट्रम्प प्रशासनले टिकटकले चिनियाँ सरकारलाई तथ्याङ्क उपलब्ध गराएको आरोप लगाएको छ जसलाई टिकटक र बेइजिङले अस्वीकार गरेका छन् । अमेरिकी सरकारलाई पैसा दिनुपर्ने सर्तले किनबेचको छलफल गरिरहेका कानुनविज्ञहरूलाई थप असहज बनाएको छ किनभने किनबेचको सरकारी अनुमतिका लागि यस्तो सर्त असामान्य छ ।

वकिल निकोलस क्लेनले सरकारलाई निजी व्यवसाय किनबेचबाट पैसा लिने अधिकार छैन । चीनमा सरकारी चाइना डेली समाचारपत्रले मङ्गलवार चिनियाँ सरकारले चिनियाँ प्रविधि कम्पनीको चोरी नसहने लेखेको छ । सम्पादकीयमा उक्त पत्रिकाले अमेरिकाले त्यसो गरेमा त्यसको उत्तर दिन चीनसँग यथेष्ट उपाय भएको बताएको छ। मिट टेक्नोलोजी रिभ्यूका संवाददाता शार्लोट जीले ट्रम्पको कुरा अचम्मको रहेको बताएकी छन् ।

गत शुक्रवार ट्रम्पले माइक्रोसफ्टले टिकटकको अमेरिका व्यवसाय किन्ने कुराको विरोधमा रहेको बताएपछि सम्भावित विक्री अड्किएको थियो । तर ट्रम्पले प्रस्तावित किनबेचलाई अनुमति दिने बताउनुले ह्वाइट हाउसको नीति फेरिएको भान भए पनि सहमतिको लागि दिइएको अन्तिम म्यादले समस्या ल्याउन सक्ने मानिएको छ ।

माइक्रोसफ्टले आइतवार एउटा ब्लगमा आफ्नो प्रमुख अधिकृत सत्या नाडेला र ट्रम्पबीचको फोन वार्तापछि टिकटक किन्न छलफल जारी राख्ने बताएको छ । माइक्रोसफ्टले सो फोन वार्ताको अन्य जानकारी दिन अस्वीकार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा पूर्वी रफाह तत्काल खाली गर्न सूचना जारी

  देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली

युक्रेन नजिकै सेनालाई आणविक अभ्यास गर्न पुटिनको आदेश

  रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३०

पाकिस्तान र इरानबाट निर्वासित अफगान आप्रवासीमाथिको दुर्व्यवहारको आलोचना

  पाकिस्तान र इरानमा अधिकारीहरूद्वारा अफगान आप्रवासीमाथि भएको दुर्व्यवहारको आलोचना गर्दै ती मुलुकबाट

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

जोर्डन सशस्त्र सेना–अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न स्थानमा मानवीय र खाद्य