प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोरः जनता समाजवादी पार्टी



काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको निष्कर्ष निकालेको छ । चार दिनसम्म चलेको पार्टी कार्यकारिणीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै जसपाले यस्तो निष्कर्ष निकालेको हो ।

ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको भन्दै जसपाले वर्तमान सरकार गठनदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरेपक्षतामा लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्रसहित पहिचार र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रुपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको बीउ रोप्ने गरेको आरोप लगाएको छ ।

जसपाले अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिका विहिन गराउने किसिमबाट अधिनायकवादी चरित्र देखाएको, संविधान संोशोधन गर्ने सहमतिको समेत पालना नगरि सरकार टिकाउन साम, दाम, दण्ड, भेद जस्ता अपराध गरेको आरोप पनि लागएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसपा विभाजनको असर एकीकृत समाजवादीमा, माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी

अहिलेको मुख्य समस्या भनेको प्राथमिकता सत्ता र गठबन्धन देखियो: सांसद बडू(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको

खडेरीले बालीनाली खत्तम

झापा ।  झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्।

पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि…

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको