अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जम्मा १५ सय २९ जनाको नमूना परीक्षण



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोनाको तीव्र परीक्षणका लागि टोली खटाएको जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि तीव्र परीक्षण गर्न टोली खटाइएको जानकारी दिएका हुन् ।

आइतबार बसेको राष्ट्रिय अनुसन्धान परिषद्, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ टोलीको बैठकले आइतबार नै तीन वटा जिल्लामा खटाउने टोली बनाइ पठाएको उनले बताए । यसरी गरिएको र्यापिड टेस्टबाट कोभिड १९ पोजेटिभ देखिएमा पिसिआर प्रविधिबाट पनि पुनः परीक्षण गरिने प्रवक्ता देवकोटाले जानकारी दिए ।

विदेशबाट आएका संक्रमितको परिवारमा समेत कोरोना भाइरस देखिएपछि नियन्त्रणका लागि तीव्र रुपमा परीक्षण अगाडि बढाउन र्यापिड डाइग्नोस्टिक टेष्ट किटको प्रयोग गरिने उनले बताए । उनले चिकित्सक र सेवा प्रवाहमा खटिने व्यक्तिको सुरक्षाको सम्पूर्ण व्यवस्था सरकारले गरेको बताए ।

त्यस्तै, भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका सबै ९४ जनामा कोरोना संक्रमण नभएको पाइएको प्रवक्ता देवकोटाले बताए । नेपाल सरकारले विदेशी विमानहरुलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि अटेर गरी थाई एयरवेज, एयर इन्डिया, सिल्क एयर लगायतका विमानहरुले नेपालमा यात्रुहरु ल्याएका थिए ।

ती विमानका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

मन्त्रालयका अनुसार अहिलेसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५ सय २९ नमूना परीक्षण गरिएको छ भने उपत्यका बाहिर सात स्थानमा परीक्षणको व्यवस्था गरिएको छ । मुलुकभर ११३ जना आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित