नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । परियोजना सेवाका लागि संयुक्त राष्ट्र सङ्घ कार्यालय (युनोपस) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री परियोजनाको कार्यालय विशालनगरमा बिहीबार आयोजित एक कार्यक्रमबीच परियोजनाका नेपालका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालननले नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु कभर, ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र ५ सय थान थर्मोमिटर गन रहेका छन् ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले परियोजनाले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै आगामी दिनमा नेपाल प्रहरी र परियोजनाबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरे । कन्ट्री डाइरेक्टर चाल्र्सले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुद बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर

क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल

  काठमाडौँ ।  एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्शन नेपाल

अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप

    चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उड्दै, नेपालमा दैनिक ७३ को मृत्यु

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती