एक तोला सुनको मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ



काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा अप्रत्यासित रुपमा बढेको छ ।

बुधबार प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोवार भएको पहेँलो धातुमा बिहीबार एक हजार एक सय रुपैयाँले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख दुई हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । एक तोला सेतो धातुको मूल्य एक हजार ३४५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

आर्थिक वृद्धि लक्ष्यको आधा बराबर मात्रै हासिल हुने अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

काठमाडौँ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको

ट्राउट माछाको हब बन्दै काभ्रेको मानेदोभान

धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ र्यालेका उपेन्द्र कारञ्जितले फूलचोकी रेन्बो ट्राउट कृषि फार्म