उपत्यकाका स्थानीय तहहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह तीन साताका लागि बन्द



काठमाडौं । उपत्यकाका नगरपालिकाहरुले भदौ १५ सम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सरकारसँग माग गरेका छन् । उपत्यका नगरपालिका फोरमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमण बढेको भन्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन र अन्य सवारी साधानमा जोर विजोर प्रणाली लागू गर्न माग गरेको हो ।

फोरमले तीन हप्तासम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गर्न पनि माग गरेका छन् । सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद श्रावण मसान्तसम्म रहेकोमा सो म्यादका कारण वडास्तरमा ज्येष्ठ नागरिकको भिडभाड भई कोभिड—१९ को संक्रमण झन बढ्ने भएकाले उक्त म्याद हाललाई २०७७ साल आश्विन मसान्त सम्म कायम गर्न नेपाल सरकारलाई अनुरोध गर्ने फोरमले निर्णय गरेको छ भने संक्रमण सर्न सक्ने सम्भावनालाई न्यूनिकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखी मास्क नलगाई आवत जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाही गर्न समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ ।

स्थानीय सरकारहरुले राजधानी प्रवेश नाकामा कडा गर्नुपर्न समेत सरकारलाई आग्रह गरेका छन् । अबैध रुपमा मानिसहरु प्रवेश गर्ने र गराउने कार्य रोक्नुपर्नेमा समेत जोड दिइएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुुर ठिमी नगरपालीकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष एवं काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यका कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै विशेष सुरक्षाका उपाय अपनाउनुपर्ने बताए ।

उपत्यका भित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि स्थानीय तहहरुबाट अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई ३ हप्ताको लागि बन्द गरिने उनले बताए ।

फोरमले कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन भइरहँदा सो क्षेत्रमा कार्यरत मजदुरहरुको दैनिक आवत जावत गर्दा संक्रमण जोखिम बढेको भन्दै उद्योग तथा कलकारखानाहरु भित्र क्वारेन्टाइनको व्यवस्था गराउनुपर्ने तथा स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ