अब विद्यालयहरुमा क्वारेन्टिन र आइसोलेशन वार्ड नबनाउने सरकारको निर्णय



काठमाडौं । सरकारले शैक्षिक सत्र २०७६/७७ को नतिजा प्रकाशित गर्न बाँकी भएका सबै शैक्षिक संस्थालाई नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । यसैगरी भदौ १ देखि विद्यार्थी भर्ना कार्यक्रम अघि बढाउन पनि सरकारले भनेको छ ।

साथै पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम गर्ने निर्णय पनि सरकारले गरेको छ। शिक्षा मन्त्रालयले पठनपाठनका लागि कार्य ढाँचा बनाउने काम गरिरहेको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

यसैगरी अब विद्यालयहरुमा क्वारेन्टिन र आइसोलेशन वार्ड नबनाउने निर्णय पनि सरकारले गरेको छ। बनाइएका छन भने हटाउने र संक्रमित बसेका भए निर्मलीकरण गर्ने उनले बताए ।

साथै विद्यालयमा कोभिड १९ सँग सम्बन्धित कुनै संरचना नवनाउने निर्णय पनि सरकारले गरेको छ ।।


प्रतिक्रिया दिनुहोस
ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

खोटाङ । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात

मास्क नलगाई हिंड्ने २५ हजारलाई जरिवाना

काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई

विश्वका सात अर्ब मानिसलाई कसरी दिने कोरोना भाइरसविरुद्धको खोप ?

संसारभर वैज्ञानिक समूहहरू कोरोनाभाइरसविरुद्ध प्रभावकारी हुने खोपको विकास गर्न लागिपरेका छन्। ब्रिटिश प्रधानमन्त्री

थप ५२५ जनामा कोरोना संक्रमण, १०९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको