एक सातादेखि सत्याग्रहमा रहेका युवाहरूको जीवन रक्षा गर्न राप्रपा अध्यक्ष राणाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सात दिनदेखि सत्याग्रहमा रहेका युवाहरूको जीवन रक्षा र कोभिड–१९ सम्बन्धी सान्दर्भिक मागप्रति जिम्मेवार बन्न सरकार र नेकपालाई आह्वान गरेका छन् ।

कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवन सुरक्षा माग गर्ने युवा मतलाई लिएर सत्तापक्षको चेत नुखल्नु निन्दनीय र चिन्ताजनक रहेको राणाले टीप्पणी गरेका छन् । कुर्सीको झगडा थाँती राखेर यूवा पुस्ताको मन जित्न सरकार र नेकपाको उनले ध्यानाकर्षण गरेका छन् ।

‘कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै इशानसहित यूवाहरू सात दिनयता सत्याग्रहमा छन् । तिनको जीवन रक्षा, स्वास्थ्य, सान्दर्भिक मागप्रति सत्तापक्षको चेत नखुल्नु निन्दनीय छ, चिन्ताजनक छ,’ राप्रपा अध्यक्ष राणाले बिहीबार ट्वीट गर्दै भने ।

‘कुर्सीको झगडा थाँती राखी, चीर निंद्राबाट जागेर यूवा पुस्ताको मन जित्न सरकार र नेकपालाई आह्वान गर्दछु,’ उनले भने ।

पाटन, मंगलबजारमा इशानसहित यूवाहरूले बिना खाना र पानी सत्याग्रह जारी राखेका छन् । स्वास्थ्य स्थिति बिग्रीएपछि केही सत्याग्रहीलाई अस्पतालमा लगिएको छ । तिनले महाराजगंजस्थित शिक्षण अस्पतालमा सत्याग्रह जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ