किन गरियो सिरहा ईन्जिनियर कार्यसमिति गठन ? अरबिन्द सिंहसँगको कुराकानी



सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६, फुल्काहाकट्टिका अरबिन्द सिंह पेशाले इन्जिनियर हुन् । बिस २०४९ सालमा पिता रामसेवक सिंह र माता श्रीवती महतोको कान्छो छोराका रुपमा जन्मिएका सिंहले भारतको कुरुक्षेत्र विश्वविद्यालयबाट सन् २०१६ मा इन्जिनियरिङ गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रामेछापको मन्थली नगरपालिका उनी हाल कार्यरत छन् । अहिले सिरहाका इन्जिनियरहरु मिलेर सिरहा ईन्जिनियर कार्यसमिति गठन गरेका छन् । समाजको उनी मिडिया संयोजक छन् । समाज गठन किन आवश्यक पर्यो त ? लगायतका विषयमा उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
१ सर्वप्रथम त बधाई छ, सिरहा ईन्जिनियर कार्य समितिको मिडिया संयोजक हुनुभएकोमा ।
धन्यवाद
२. इन्जिनियरिङ कहाँ कुन कलेजमा पढ्नुभयो ?
मैले इन्जिनियरिङ भारतको कुरुक्षेत्र विश्वविद्यालयको चण्डीगढबाट सन् २०१६ मा गरेको हुँ ।
३. अनि कहिले कहाँ काम गर्दै हुनुहुन्छ ?
सन् २०१६ मा पढाई सकेर नेपाल फर्केपछि एकबर्ष काठमाडौंमै जागिर गरें । त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत रामेछाप जिल्लाको मन्थली नगरपालिकामा हालसम्म काम गर्दैछु ।
४. नेपाल इन्जिनियर्स एशोसिएसन, अर्को मधेश इन्जियनियर्स एसोसिएन पनि छ अनि किन सिरहा ईन्जिनियर कार्य समिति गठन गरेको ?

नेपाल इन्जिनियर्स एशोसिएसन एउटा सिंगो संस्था हो । जो सदाका लागि ईन्जिनियर प्राबिधिकहरुको हकहितका लागि आवाज अथवा सकारात्मक पक्षमा उभिएको छ । र त्यस्तै मधेस ईन्जिनियर एसोसिएसन पनि एउटा त्यसको पार्ट हो । जस्तो कि PEAN र CDEN संस्था पहिलेदेखि यसमा आबद्ध छन् । हामीले कुनै छुट्टै संस्था अथवा सिरहा ईन्जिनियर्स समाज संस्था खोलेका होइनौं यो हामीले मधेस ईन्जिनियर एसोसिएसनको मातहतमा रही जिल्ला जिल्लामा कार्यसमिति गठन मात्र गरेका छौं ।

५. यो  गठनको सोच कसरी आयो नि ? के गर्छ त यसले अब जिल्लामा ?

हामीले अर्को कुनै समाज वा संस्था खोलेका छैनौं । कार्यसमिति गठन गरेका छौं । जसले गर्दा यस जिल्लामा तथा बाहिरी जिल्लाहरुमा कामकाज गर्दै आईरहनु भएका प्राबिधिक इन्जिनियर साथीहरुसँग थप एकताबद्ध बनाउन र अगामी दिनहरुमा प्राविधिक हकहितका लागि मात्रै नभई देश र प्रदेशमा पर्ने आपतविपदमा हाम्रोतर्फबाट के कतिसम्म सहयोग गर्न सकिन्छ भन्ने भावनाले यो संस्था संचालन गरिएको छ ।

६. तपाईं मिडिया संयोजक हुनुभएको छ, यसलाई कसरी चिनाउनुहुन्छ त ?
म मिडिया संयोजकको नाताले मात्र नभई देशको एउटा नागरिकको नाताले समाज अथवा देशको हकहितका लागि सधैं अगाडि रहि आफ्नो कर्तव्य निर्वाह गर्नेछु र आफ्नो समाजमा अप्ठ्यारो परिस्थिति परेको बेला सदैब अगाडि रहनेछु । धन्यवाद ।

यो पनि

मधेश ईन्जिनियर्स एसोसिएसन सिरहा गठन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय