जनस्वास्थ्य विज्ञ भन्छन् -कोरोना संक्रमणको जोखिमबाट बच्न आमनागरिकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्छ



काठमाडौं । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने पनि माग गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको टिप्पणी गरे ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक रहेको उनले बताए । सरकारले कोरोना समदायमा फैलिएको छैन भनेर आम जनसमूदायमा ‘रिस्क’ महशुस गराउन नसकेको पनि उनले गुनासो गरे ।

शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि आम नागरिक व्यवस्थित हुनुको विकल्प नभएको बताए । सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आममानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने धारणा राखे ।

नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दीक्षितले आफूहरुले यसअघि सरकारलाई सावधानी अपनाउन र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सुझाव दिएको भएपनि सरकारले भारतसँगको सीमा नाका बन्द नगरेको गुनासो गरे ।

उनले कोरोना संक्रमण रोगमा परिणत हुँदै गएपछि मात्रै कदम चाल्दा ढिलाई हुने भन्दै नेपालमा कोरोनाको जोखिम निम्त्याउने कामपनि सरकारले नै गरेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस
मास्क नलगाई हिंड्ने २५ हजारलाई जरिवाना

काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई

नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । परियोजना सेवाका लागि संयुक्त राष्ट्र सङ्घ कार्यालय (युनोपस) ले नेपाल प्रहरीलाई

स्वाब परीक्षणको रिपोर्ट नआएसम्म आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा

विश्वका सात अर्ब मानिसलाई कसरी दिने कोरोना भाइरसविरुद्धको खोप ?

संसारभर वैज्ञानिक समूहहरू कोरोनाभाइरसविरुद्ध प्रभावकारी हुने खोपको विकास गर्न लागिपरेका छन्। ब्रिटिश प्रधानमन्त्री