स्यानिटाइजर पिउँदा भारतमा १० जनाको मृत्यु



भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ । कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ ।

जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए । उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए । स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताएका छन् । लकडाउनका कारण रक्सी उपलब्ध छैन । तर स्यानिटाइजर भने सजिलै पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि