भदौ १ गतेदेखि विद्यालयले विद्यार्थी भर्ना र परीक्षा संचालन गर्न पाउने



काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य गरेको छ । न्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

लकडाउन अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने खतिवडाको भनाइ छ । खतिवडाले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको जानकारी दिए । यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो ।

छिमेको राष्ट्र लगायतका अरु राष्ट्रले चालेका सो रोगको संक्रमणबाट जोगाउन अपनाइएको नीतिअनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडा बताए । जबर्जस्ती प्रवेश गरेमा वा प्रवेश गराएर लुकाउने काम गरेमा कानुनबमोजिम कारबाही हुने उनले बताए । त्यस्तै बैठकले साउन १५ देखि होटल–रेस्टुरेन्ट खुल्ला गर्ने निर्णय गरेको छ ।

भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने निर्णय बैठकले गरेको छ ।  त्यस्तै स्थगित भएका परीक्षाहरु पनि विद्यालयहरुले सञ्चालन गर्न पाउनेछन् । भर्ना प्रक्रिया तथा परीक्षा सञ्चालनका क्रममा सुरक्षाका मापदण्ड भने अपनाउनुपर्नेछ । तर अध्ययन अध्यापन गर्नेगरी शैक्षिक संस्था, कलेज, ट्युसन क्लास भने सञ्चालन गर्न नपाइने उनले बताए । शैक्षिक संस्थाहरु सञ्चालन गर्नेबारे पछि निर्णय हुने उनले बताए । लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको प्रवक्ता खतिवडालले बताए ।

त्यस्तै बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ । बैठकले प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । बैठकले अध्यक्षमा घिमिरेसँगै रिक्त रहेका दुई सदस्यको पनि पदपूर्ति गरेको छ ।

प्रशासकीय अदालतको सदस्यमा रीता मैनाली र कृष्णप्रसाद पौडेललाई नियुक्त गरिएको छ । त्यस्तै ढुङ्गा, नगटी तथा बालवुा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बरधी मापदण्ड स्वीकृत गर्ने , रोजगारीको हक सम्बरधी (दोस्रो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना