लकडाउन गरिएको भोलिपल्ट न्यूजील्यान्डमा थप १८ जनामा कोरोना संक्रमण



न्यूजील्यान्डको सबैभन्दा ठूलो सहर अकल्यान्डमा पुनः लकडाउन गरिएको भोलिपल्ट १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । तीन महिनासम्म न्यूजील्यान्डभित्र स्थानीय रूपमा सङ्क्रमण सरेको पाइएको थिएन । तर केही दिनअघि एउटै परिवारमा चार सङ्क्रमित फेला पर्दा अधिकारीहरू स्तब्ध भएका थिए । अहिले भेटिएका सङ्क्रमितमध्ये १३ जनाको सम्बन्ध उक्त परिवारसँग भएको बताइएको छ। अर्का व्यक्ति चाहिँ विदेशबाट फर्किएर क्वारन्टीनमा बसेका थिए ।

अकल्यान्डमा शुक्रवारसम्म लकडाउन कायम रहनेछ । प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफूहरुले विद्यमान परिस्थितिको गम्भीरता बुझ्न सक्ने बताइन् । यो परिस्थितिको अविलम्ब तर संयमित रूपमा र विधिवपूर्वक सामना गरिने उनको भनाइ थियो । उनले सबै सङ्क्रमितलाई अलग्गै राखिने र उनीहरूको सम्पर्कमा आएका केही मानिसहरू पनि क्वारन्टीनमा राखिने बताइएको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि न्यूजील्यान्डको कामको विश्वभरि प्रशंसा हुने गरेको छ । अहिले फेरि अकल्यान्डमा हिँडडुल गर्न कडा प्रतिबन्ध लगाइएको छ भने देशभरि नै सामाजिक दूरीका उपाय अवलम्बन गर्न भनिएको छ ।

प्रधानमन्त्रीले सङ्क्रमण नियन्त्रणमा आउनुअघि केही फैलिने अनुमान गरिएको बताइन् ।स्वास्थ्यकर्मीहरू अहिले कसरी कोरोनाभाइरस फैलियो भनेर पत्ता लगाउन प्रयास गर्दैछन् । त्यसका लागि अहिले फेला परेका सङ्क्रमितहरूका परिवार र सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम