विश्वमा एकैदिन २ लाख ७५ हजार भन्दा बढीमा कोरोना संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८ सय ५५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ३६ लाख ९० हजार बढी उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय बढीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७ लाख ५१ हजार ५ सय ६० पुगेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ६३ लाख ४५ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६४ हजार ६ सयबढीको अवस्था गम्भिर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५३ लाख ६० हजार ३ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २८ लाख १२ हजार ६ सय बढी निको भएका छन् भने १ लाख ६९ हजार १ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३१ लाख ७० हजार ४ सय ७४ पुगेको छ भने १ लाख ४ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २३ लाख ९ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

यस्तै छिमेकी मुलुक भारतामा २३ लाख ९५ हजार ४ सयभन्दाबढी संक्रमित भएको छन् भने ४७ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १६ लाख ९५ हजार ८ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ