राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ



नेपालको राष्ट्रिय फुटबल टिमका सदस्यमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । नेपालको राष्ट्रिय फुटबल टिमका २८ सदस्यमा कोरोना भाइरस (कोभिड–१९)को रिपोर्ट नेगेटिभ आएको हो । २९ जना राष्ट्रिय फुटबल टिमका सदस्यहरुको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमा २८ को कोरोना रिपोर्ट नेगेटिभ आउँदा एक सदस्यको भने फेरि कोरोना परीक्षण गर्नुपर्ने भएको एन्फाले जानकारी दिएको छ । तर, किन फेरि कोरोना परीक्षण गर्नुपर्ने भन्ने बारे एन्फाले खुलाएको छैन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार बाँकी रहेका २३ खेलाडी र ६ जना टिम अफिसियल गरी २९ जनाको कोरोना परीक्षण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

  काठमाडौँ ।   राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड

आर्मीलाई कालिका कप राष्ट्रिय भलिबलको उपाधि

  गलकोट (बागलुङ) ।  चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप

वीर गणेशमान सिंह ट्वान्टी टि २० क्रिकेटमा लुम्बिनीको जित

काठमाडौँ । वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले