आइपीएलमा चिनियाँ प्रायोजकलाई लिएर भारतमा विवाद



यसपटक कोरोनाभाइरस महामारीका कारण सम्पूर्ण इण्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता संयुक्त अरब इमिरेट्समा गर्ने गरि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले तयारी गरिरहेको छ। उसले विगतमा आइपीएलको प्रायोजक रहेका चिनियाँ कम्पनी यथावत रहने गरि योजना गरिरहेको छ ।

तर केही समययता भारत र चीनबीच द्वन्द्व चर्किएको र भारतमा चिनियाँ कम्पनी बहिष्कार गर्ने माग उठिरहेका कारण अहिले त्यो विषय चर्को विवादमा परेको छ । चिनियाँ मोबाइल कम्पनी भिभो आइपीएलको मुख्य प्रायोजक रहँदै आएको छ । जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लाले एकातिर देशमा चिनियाँ सामानको बहिष्कार भइरहेको र अर्कोतर्फ चिनियाँ कम्पनीलाई नै आइपीएलको प्रायोजनमा निरन्तरता दिइएको भन्दै बीसीसीआइको आलोचना गरेका छन् ।

उनले केही समय अगाडि चिनियाँ सामानको बहिष्कार गर्दै टिभी फुटाएका घटना स्मरण गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् । यसबीच विपक्षी काङ्ग्रेसले पनि यहि विषयसँग जोडेर मोदी सरकारको आत्मनिर्भर भारत अभियानप्रति आलोचना गरेको छ । काङ्ग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले आइपीएलमा चिनियाँ कम्पनीलाई प्रायोजक बनाइराख्नु भनेको दोहोरो मापदण्ड अपनाउनु हो भनेका छन् ।

सत्ताधारी भारतीय जनता पार्टीका पूर्व सांसद एवं दलित नेता उदित राजले पनि आलोचनात्मक ट्वीट गर्दै भनेका छन्, “लद्दाखमा हाम्रा २० सैनिक शहीद भएका बेला चिनियाँ मोबाइल भिभोको प्रायोजन फिर्ता हुने भनिएको थियो, भएन । ऊसँग २२०० करोड (भारु)को करार सम्झौता भएको छ। अमित शाह (गृहमन्त्री)का पुत्र बीसीसीआइका सचिव छन्। भएनन् त जनता बुद्धु!“

भारतीय जनता पार्टीसँग सम्बन्धित सङ्घ परिवारकै हिस्सा स्वदेशी जागरण मञ्चका राष्ट्रिय सहसंयोजक अश्वनी महाजनले उक्त निर्णयको आलोचना गर्दै सारा संसारले चीनको बहिष्कार गरिरहेको तर आइपीएलले उसलाई संरक्षण गरेको टिप्पणी गरेका छन् । यही साता आइतवार बसेको आइपीएल सञ्चालक परिषद्को बैठकले भिभोलाई प्रायोजकमा निरन्तरता दियो । बीसीसीआइसँग भिभोको पाँच वर्षे करार सम्झौता भएको थियो जुन सन् २०२२ सम्मको निम्ति छ ।

भिभो मोबाइल कम्पनीले करार अवधिमा बीसीसीआइलाई बर्सेनि लगभग ४४० करोड भारु तिर्छ । आइपीएलको १३ औँ संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्सको दुबई, शारजाह तथा अबुधाबीमा खेलिनेछन्। यसका निम्ति बीसीसीआइले मोदी सरकारबाट जरुरी स्वीकृति पनि पाएको छ । यसपटकको आइपीएलमा सबै टोलीहरूका निम्ति कडा स्वास्थ्य सुरक्षाका मापदण्ड लागु गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको