नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेसको केन्द्रिय खेलकुद विभागले सागका स्वर्ण विजेता ८० खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले एकल र टिम स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्नुभयो । विभागले एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजारबाट सम्मान गरेको हो । सम्मान कार्यक्रममा काँग्रेस सभापति शेर बहादुर देउवाले कांग्रेस सधैं खेलाडीको पक्षमा रहेको बताउँदै केही अप्ठेराहरु भए खेलाडीको पक्षमा लाग्न सरकारलाई दबाव दिने बताउनुभयो । देउवाले खेल क्षेत्रले नै राष्ट्रको नाम संसारभर चिनाउन भएकाले यस क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणाा राख्नुभयोे ।

त्यस्तै कांग्रेस खेलकुद बिभाग प्रमुख प्रमुख मोहन बस्नेतले जुनसुकै सरकार आएपनि खेल क्षेत्रको बिकासमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद र खेलाडीकोे समग्र बिकासका लागी आफ्नो नयाँ कार्यकालमा काम गर्ने ताउनुभयो । उहाले खेल क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नुपर्ने धारणा पनि राख्नुभयो ।काठमाडौं पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो । बिभागले अन्य पदक बिजेतालाई पनि क्रमश सम्मान गर्दै जाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त