स्पेनिस फुटबल प्रशिक्षकको कोरोनाभाइरसका कारण मृत्यु



स्पेनिस फुटबल प्रशिक्षकको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । आइतबार प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाभाइरसका कारण मृत्यु भएको हो ।

२१ वर्षीय गार्सिया मालागा सहरको एट्लेटिको पोर्टाडा अल्टा क्लबको युवा टिमको प्रशिक्षक थिए । सन् २०१६ देखि प्रशिक्षक रहेका गार्सिया कोरोनाका कारण मालागा क्षेत्रमा मृत्यु हुनेमा पाँचौ र कान्छा व्यक्ति बनेका छन् । उनलाई गत साता कोरोना भएको पुष्टि भएको थियो। कोरोना भएपछि उनलाई मालागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । प्रशिक्षकको मृत्यु भएपछि क्लबले सामाजिक सञ्जालमार्फत दुख व्यक्त गरेको छ ।

कोरोनाका कारण स्पेनका सबै लिग स्थगित गरिएका छन् । स्पेनमा अहिलेसम्म ९ हजार भन्दा बढीलाई कोरोना भएको पुष्टि भइसकेको छ भने ३ सय ९ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधि बौदीकालीलाई

पाल्पा । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको

पुलिसलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ

नेपालसामु हङकङको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य