सप्तरीमा एकै दिन कोरोनालाई जितेर ४३ जना घर फिर्ता



राजविराज । सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिलासहित ४३ जना निको भएका हुन् । उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ । एकै दिन ४३ जना निको भई घर फर्किँदा एक पुरुष र तीन महिला आइसोलेसन केन्द्रमा भर्ना भएका अस्पतालले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमित बिरामी निको भएर फर्किनेको सङ्ख्या ३८४ पुगेको छ । जसमा ३८ महिला छन् । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज मातहत रहेको राजविराजस्थित साइकृष्णा हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा उपचाररत बिरामी निको भएर घर फर्किएपछि हाल १३ महिला र ८८ पुरुष गरी १०१ आइसोलेसन केन्द्रमा छन् ।

सप्तरीमा सङ्क्रमित हुने ५३९ मध्ये आइसोलेसन केन्द्रमा ५१ महिलासहित ४८५ जना भर्ना भएका थिए । सङ्क्रमतिमध्ये राजविराज नगरपालिका–६ सिरहा रोडका ७३ वर्षीय पुरुषको साउन १ गते र रुपनी गाउँपालिका–५ धुरगाउँका ४२ वर्षीय पुरुषको साउन २० गते मृत्यु भएको थियो । बाँकी ५२ जना होम आइसोलेसनमा रहेकामध्ये पनि अधिकांश निको भइसकेका डा झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति