‘आइसोलेसनका लागि हाम्रो घर प्रयोग गर्नुस्’



काठमाडौं । नेपालमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला व्यक्तिले नै आफ्नो घर आइसोलेसनका लागि प्रयोग गर्न दिने घोषणा गर्न थालेका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत चिराग गोयलले सिफलमा रहेको आफ्नो घर पनि आइसोलेसनका लागि सित्तैमा दिने घोषणा गरेका छन् ।

उनले फेसबुकमा घरको फोटो राख्दै लेखेका छन्, ’घरमा केही मर्मत गर्नुपर्ने पनि छ, यदि कसैले आइसोलेसनका रूपमा घर प्रयोग गर्न चाहन्छ भने हामीले छिटै मर्मत गर्नेछौं ।’ उनले घरलाई आइसोलेसनको रूपमा प्रयोग गर्न चाहनेले आफूलाई म्यासेज गर्नसमेत आग्रह गरेका छन् ।

त्यसैगरी कुलेश्वरका लालचन्द्र गौतमले पनि कोरोना भाइरस संक्रमितलाई उपचार गर्नका लागि आफ्नो घर आइसोलेसन बनाउन प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गौतमले आइसोलेसनका लागि कसैलाई घर चाहिएको भए कुलेश्वरको लिंकरोडमा रहेको आफ्नो घर खाली रहेको बताएका छन् । सरकारले मात्रै सबैलाई सहयोग गर्न नसक्ने बेला गोयल र गौतम यस्तो काम गरेर समाजमा उदाहरणीय बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा