वा क्या वात !!!!



एउटा विद्यार्थीले प्रिन्सिपलसँग भन्याे । प्रिन्सिपल-प्रिन्सिपल ! हिंजाे बुबाले मेराे जन्म दिनमा दिनु भएकाे महंगाे घड़ी हरायाे ।

प्रिन्सिपल: कहाँबाट हरायाे ?
विद्यार्थी: यहीं कक्षा काेठाबाट हरायाे सर !
प्रिन्सिपल: कसरी हरायाे ?
विद्यार्थी: म टिफ़िन टाइममा घड़ी ⌚️ यहीं टेबुलमा राखेर बाहिर गएकाे थिए, आउँदा टेबुलमा घडी छैन सर !
प्रिन्सिपल: त्यसाे भए याे समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू काेही आएका छैनन् ।

प्रिन्सिपल: तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ-आफ्नाे आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रिन्सिपलले सबैकाे पकेट छाम्याे । एउटाकाे पकेटमा घड़ी भेटियाे । प्रिन्सिपलले घड़ी बुझाए ।

चाेरी गर्ने केटा डरायाे । उसले अब मैले चाेरेकाे कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्याे । एकदिन दुईदिन गर्दै समय वित्याे । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नाे कर्ममा लागे ।

चाेर्ने केटा ठूलाे इण्डस्ट्रीजकाे मालिक बन्याे । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियाे । उक्त कार्यक्रममा आफ्नाे प्रिन्सिपल पनि आएका थिए । केटा प्रिन्सिपलसँग गएर प्रिन्सिपललाई धन्यवाद ज्ञापन गर्दै भन्याे “आज म जाे स्थानमा छु सर हजुरकै देन हाे । म हजुरकाे त्याे गुन कहिल्यै भुल्ने छैन ।” प्रिन्सिपल आश्चर्यमा पर्दै भने “मैले त्यस्ताे के गरें र ? तिमी याे सब भन्दैछाै ?”

विद्यार्थीले भन्याे हजुरले त्याे दिन मैले चाेरेकाे कुरा कसैलाई भनिदिनु भएन । र, म आज ज़िन्दा मात्र हैन, याे स्थानमा छु, त्याे कुरा विद्यालयमा फैलिएकाे भए म त्यही दिन आत्महत्या गर्थें ।” प्रिन्सिपल आश्चर्यमा पर्दै भने: “त्याे केटा तिमी पो थियाै?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याे “सर ! हजुरले मलाई भुल्नु भयाे ?” प्रिन्सिपल: मैले त्याे दिन तिमीहरू सँगै मेराे आँखा पनि कालाे पट्टीले बाँधेकाे थिए । ताक़ि घड़ी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेराे विद्यार्थी मेराे नजरबाट नगिराेस् । याे कुरा सुनेर विद्यार्थी झन् आँखाभरी आँसु लिंदै प्रिन्सिपललाई अँगालेर राेयाे ।

गल्ती कसबाट हुँदैन? तर, आज हामी अरूकाे गल्ती-ख़ामी खाेज्दै हिंड्छाैं । बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छाैं । जबकि हामी काेही गल्ती नगर्नेमा पर्दैनाैं । सबैले सानाे-ठूलाे गल्ती गरि रहेका हुन्छाैं । के कसैकाे गल्ती हामीले माफ़ गर्न सक्दैनाैं ? गल्ती ढाक्न सक्दैनाैं ? सुध्रने माैका दिन सक्दैनाैं ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान

इन्जिनियरिङ्ग प्रवेश परीक्षामा सर्वाेत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पिइएद्वारा ल्यापटप प्रदान

काठमाडौं । थापाथलीमा रहेकाे आफ्नै भवनमा पिइएले सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

कपिलवस्तुमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्दै फलफुल र स्वास्थ्य किट प्रदान

कपिलवस्तु । कोरोना संक्रमितलाई समुदायमा फरक व्यवहार गरिएका घटना दैनिकजसो सार्वजनिक भएका छन्