राप्रपा प्रवासी नेपाली एकता समाज क्रोएसिया गठन



काठमाडौं । दक्षिणपूर्वी युरोपको क्रोएसियामा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज गठन भएको छ । रमेश थापाको अध्यक्षतामा २५ सदस्यीय कार्य समितिमा गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा रामकुमार प्रधान र सुदीप सापकोटा सचिवमा प्रदीप खड्का सहसचिवमा सन्तोष अधिकारी कोषाध्यक्षमा सागर चौलागाई सहकोषाध्यक्षमा कृष्ण पराजुली, प्रवक्तामा रविन घर्ती मगर र वरिष्ठ सदस्यमा सुजन सापकोटा रहेका छन् । समाजको वरिष्ठ सल्लाहकारमा जीतवहादुर दाहाल र सल्लाहकारहरूमा शेरवहादुर तमाङ, गोपीकृष्ण पाण्डे र मुकुन्द घिमिरे रहेका छन् । यो समेत युरोपमा १० देशमा राप्रपा सम्वद्ध प्रवासी संगठन गठन भएका छन् ।

विश्वभर नेपाली बाहुल्य रहेका २६ देशमा राप्रपाको प्रवास संगठन विस्तार भईसकेको छ । राप्रपा एकीकरण पछि स्वदेश र प्रवासमा राप्रपाको संगठन उल्लेख रूपमा विस्तार भईरहेको छ । प्रवासमा एनआरएनए लगायत विभिन्न सामाजिक संस्थाहरूमा राप्रपा समर्थित प्रवासी संगठनको उल्लेख्य प्रतिनिधित्व रहेको छ ।

नवगठित प्रवासी नेपाली एकता समाज क्रोयसियालाई राप्रपा केन्द्रीय सदस्य बिजय खड्काले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै कार्यसमितिलाई वधाई ज्ञापन गरे । त्यस्तै राप्रपा युरोप अध्यक्ष सुरेन्द्रमान अमात्यले पनि शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु

  लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । 

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग

काठमाडौँ। २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय

राहदानी बनाउन पोर्चुगलमा ६ सयको आवेदन सङ्कलन

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा सञ्चालित राहदानी सेवा शिविरबाट ६ सय ६९ नेपालीको विद्युतीय