बैतडीमा स्क्रब टाइफसबाट एक बालिकाको मुत्यु



बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो ।

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुर्याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए । मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि