‘सत्ताको अहंकारजन्य अन्धताले सत्यबाट बिचलित हुने खतरा पैदा गर्दछ’



नारायणकाजी श्रेष्ठ ।

सत्यको प्रकाशमा र सत्यको वरिपरि समाज प्रगति र स्वतन्त्रताको यात्रमा अघि बढिरहेको हुन्छ। समाजको चुम्बकीय चालक शक्ति सत्य नै हो। तर सत्य स्थपाना त्यति सजिलो हुँदैन र त्यसैले तत्कालै सर्वस्विकार्य हुन्छ भन्ने होइन ।नत्र समाज सजिलै साम्यवादमा पुग्थ्यो वा रामराज्य बन्थ्यो । यसकालागि निरन्तरको धैर्यपुर्ण प्रयत्न आवश्यकता हुन्छ।अन्तत: सत्यकै जित हुन्छ,किनकि सत्य सत्य हो र जीवन र जगतको स्वभाविक अस्तित्व एवं अग्रगति यसैमा अन्तर्निहित हुन्छ ।

शुकरातलाई सत्य बुझ भनेर प्रचार गरिएकै कारणले शाशकहरुले बिष पिलाएर हत्या गरे। गौतम बुध्दलाई आफ्नै सँघका शिष्य भिक्षुहरुले हत्या गर्ने दुश्प्रयत्न गरे।लेनिनलाई क्रान्तिको नेतृत्व गरेकै कारणले जर्मन एजेण्ट भनेर प्रचार गरियो र क्रान्तिपछि गोलि हानियो ।महात्मा गान्धीको हत्या गरियो। माओलाई आफैले उत्तारधिकारी भनेर घोषणा गरेको लिनप्याओले हत्यागरेर पद हत्याउने षडयन्त्र गरे। हाम्रा महान् शहीदहरुलाई लोकनन्त्र र परिवर्तनको सत्यको पक्ष लिएकै कारण शाशकहरुले हत्या गरे।

तर कसैको बिरोध,आरोप,हत्याको षडयन्त्र वा हत्याले सत्य पराजित भएन ।अन्तत: सत्य स्थापित भई छाड्यो । त्यसैले सत्यको पक्षधरता कहिल्यै खेर जाँदैन।सत्यको पक्षमा निर्भिक भएर लागिरहौं । कहिलेकहीँ हामी सबैलाई सत्ताको अहँकारजन्यले अन्धताले सत्य बाट बिचलित हुने खतरा पैदा गर्दछ ,बचौं र बचाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी चेम्बर्सलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते