महोत्तरीमा सशस्त्र प्रहरीका ९ जनालाई कोरोना संक्रमण



महोत्तरी । महोत्तरीमा नौ जना सशस्त्र प्रहरीसहित १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा अब कूल सङ्क्रमितको सङ्ख्या ८६८ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले शनिबार जनाएको छ । प्रदेश नं २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ ।

मन्त्री यादव सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं २ छिन्नमस्ता बाहिनी कार्यालयले गत मङ्गलबार आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । त्यसलगत्तै बुधबार मन्त्री यादवमा सङ्क्रमण भएको पुष्टि भएको थियो । परीक्षण नतिजा नआउँदै सार्वजनिक कार्यक्रममा मन्त्री यादव सरिक भएपछि त्यस अवधिमा उहाँका सम्पर्कमा आएका अन्य व्यक्तिको जाँच गर्दा आज पाँच सर्वसाधारणलाई पनि पोजेटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा