घरमै बसेर मनाए मुश्लिम धर्मावलम्बीहरुले बकर इद



काठमाडौं । दोस्रो महान् पर्व बकर इद देशभर मुस्लिम समुदायले हर्षोल्लासपूर्वक मनाएका छन् । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । तर यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेपछि मस्जिदहरु सुनसान देखिएका छन् ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइने गरिन्छ । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट

  सल्लेरी (सोलुखुम्बु) ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

म्याग्दी ।  डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको

सर्लाहीमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, दुई घाइते

  बरहथवा (सर्लाही) ।  सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६

झापामा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

  भद्रपुर ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको