‘इनफ इज इनफ’का अभियन्ताहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप, २० भन्दा बढी पक्राउ



काठमाडौं । सरकारले अनशनमा बसेकाहरूको माग सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका ‘इनफ इज इनफ’का अभियन्तालाई प्रहरीले शनिबार पनि पक्राउ गरेको छ ।

शनिबार काठमाडौंको नक्सालस्थीत भाटभटेनी क्षेत्रमा प्रदर्शन गर्न पुगेका २० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियान अनसन सहित विरोधका कार्यक्रम गर्दै आएको छ ।

‘इनफ इज इनफ’ का अभियन्ता ईशान अधिकारी ‘ई’ हाल दोस्रो पटकको सत्याग्रहमा छन् । सत्याग्रहको १५ दिन हुँदा अधिकारीको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ । इनफ इज इनफ’संग सरकारले यसअघि गरेको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस
ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

खोटाङ । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात

मास्क नलगाई हिंड्ने २५ हजारलाई जरिवाना

काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई

प्रचण्ड-ओलीबीचको छलफल आन्तरिक विवाद समाधानतर्फ उन्मुख

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि पछिल्लो एक साता भेटघाट समेत बन्द भएको

सुन तस्करी र जाली नोटको कारोबारमा संलग्न हुसेन अन्सारी पक्राउ

काठमाडौं । काठमाडौंमा सुन र पेस्तोलको झोला छाडेर भागेका ईल्ताफ हुसेन अन्सारीलाई प्रहरीले