नेपाल टेलिकमको सेवा गुणस्तरको विषयमा कार्ययोजना ३० दिनभित्र पेश गर्न समितिको निर्देशन



काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारणबारे संसदीय समितिले सरकारसंग जवाफ माग गरेको छ । शुक्रबार बसेको संसदको विकास तथा प्रविधि समितिले फोरजी सेवा विस्तारमा चरम ढिलाई हुनुको कारण ७ दिनभित्र लिखित रुपमा समितिमा पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले टेलिकमको सेवा गुणस्तर र प्रभावकारिताको विषयमा आगामी कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । टेलिकमले एक वर्षमा सिमकार्ड वितरण गरेको सीमकार्डको विवरण पेश गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै नेपाल टेलिकमको साझेदारको विषयमा साझेदार भित्राउने विषयमा के कस्तो र कसरी साझेदारी गर्ने हो, त्यस सम्बन्धमा स्पष्ट नीति व्यवस्था गरि त्यसबारे समितिमा जानकारी गराउन समेत मन्त्रालयलाई निर्देशन दिएको सभापति खड्काले जानकारी दिइन् । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सञ्चार मन्त्रालयका सबै खरिद बिक्री प्रतिस्पर्धाका आधारमा हुने बताए ।

मन्त्री खतिवडाले नेपाल टेलिकममा रणनीतिक साझेदार भित्राउने पनि उल्लेख गरे । देशभर इन्टरनेट पुर्याउने गरी सरकारले काम गरिरहेको भन्दै लकडाउन र खरिद प्रक्रिया लगायतले बाधा गरेको र सबै ठाउँमा विद्युत सेवा नपुगेका कारण पनि इन्टरनेट सेवा पुर्याउन असहजता आएको उनले बताए ।

बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले टेलिकमको सेवाको गुणस्तरमाथि प्रश्न उठाएका थिए । उनीहरुले रणनीतिक साझेदार भित्राउने बिषय लामो समय हुँदा पनि पुरा हुन नसक्नुको बारे पनि जिज्ञासा राखेका थिए ।

एनसेलले टेलिकमले भन्दा राम्रो सेवा दिँदै आइरहेको उल्लेख गर्दै सांसदहरुले राज्यको लगानी रहेको नेपाल टेलिकमले त्यसमा प्रतिस्पर्धा गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले