इशानको सत्याग्रह किन ?(भिडियो अन्तरवार्ता)



काठमाडौँ । ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ता इशान अधिकारी कोरोना भाइरसबाट जनताको जीवन रक्षाको माग गर्दै शुक्रबारदेखि सत्याग्रह थालेका छन् । उनले शुक्रबार दिउँसो १ बजेदेखि आमरण अनशन थालेका हुन् । उनी पाटनको कृष्ण मन्दिर क्षेत्रमा सत्याग्रहमा बसेका छन्। शुक्रबार राति उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर शनिबार पुनः रिहा गरेको थियो ।

पीसीआर परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित बनाउन, जीवन र मृत्युसँग जोडिएको विषयमा भ्रष्टाचार रोक्न, अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन, सर्वोच्च अदालतका आदेशको कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै अधिकारीले अनशन सुरु गरेका हुन् । उनले सरकारले माग सम्बोधन नगरुन्जेल आफू सत्याग्रहमा बस्ने बताएका छन् ।

फोटो र भिडियोः सगुन लावती


प्रतिक्रिया दिनुहोस
ज्यान मार्ने उद्योगका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

खोटाङ । ज्यान मार्ने उद्योगको घटनामा संलग्न रहेको ठहरसहित जिल्ला अदालत खोटाङबाट सात

मास्क नलगाई हिंड्ने २५ हजारलाई जरिवाना

काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई

स्वाब परीक्षणको रिपोर्ट नआएसम्म आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा

विश्वका सात अर्ब मानिसलाई कसरी दिने कोरोना भाइरसविरुद्धको खोप ?

संसारभर वैज्ञानिक समूहहरू कोरोनाभाइरसविरुद्ध प्रभावकारी हुने खोपको विकास गर्न लागिपरेका छन्। ब्रिटिश प्रधानमन्त्री