अघि बढ्यो इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको काम



काठमाडौँ । सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढाएको छ । नेपाल ईन्जिनियर्स एशोसिएशनको निरन्तर प्रयास पछि सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढाएको हो । सरकारले चालु आर्थिक बर्षमा स्टाफ कलेज स्थापनाका लागि बजेट बिनियोजन गरेको थियो जस अनुसार कार्यक्रमहरु संचालन भइरहेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने कुराहरुबारे पनि एशोसिएसनले सरकारको ध्यानाकर्षण गराएको छ । अर्थ मन्त्रालयमा नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले इन्जिनियरिङ स्टाफ कलेजको प्रगति विवरण प्रस्तुत गरेका छन् ।

अझै स्टाफ कलेजको नाम र उद्देश्यलाई फराकिलो गर्नका लागि ‘नेपाल ईन्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिस्ठान’ नाम कायम गर्न प्रस्ताव गरिएको समेत बज्राचार्यले बताए । छलफलमा नेपाल ईन्जिनियरर्स एशोसियशनका महासचिव ईन्जिनियर छविराज पोखरेल, र वागमती प्रदेशका सभापति नन्द बन्जादे र बिरोध रिजाल पनि सहभागी भएका थिए ।

एशोसियशनको अनुरोधमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित स्टाफ कलेजको बिधेयक तयार गर्न एक समन्वय समिति बनाएर काम गरिहेको पनि अध्यक्ष बज्राचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगञ्जको अलौमा भीषण आगलागी, सात घर जलेर नष्ट, ५४ लाख बराबरको क्षति

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा मंगलबार बिहान आगलागी हुँदा सातवटा घर जलेका

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या १३ बाट बढेर ४४ पुग्यो

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ ।

दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति सुरु

दमौली । तनहुँको दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार