आयल निगमद्वारा कोरोना उपचार कोषमा ५० करोड सहयोग



काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड सहयोग गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।

सो रकम बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको तयारीका लागि सरकारले कोषको स्थापना गरेको थियो ।

कोषमा विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन् । निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ति, भूकम्प तथा बाढी पहिरोजस्ता प्रकोपका समयमा संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी राहत तथा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।