अब भिडियो कन्फरेन्सबाटै कोरोना महामारीको निगरानी



काठमाडौं । कोरोनाको सम्भावित महामारीमाथि निगरानी गर्न काठमाडौं महानगरपालिकाले ‘नेपाल कोभिड १९ निगरानी प्रणाली’ सार्वजनिक गरेको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रणाली विकासकर्ताहरुलाई आफ्ना—आफ्नै ठाउँबाट भिडियो कन्फरेन्समा जोडेर सभा—गृहबाट प्रणालीको शुभारम्भ गरेका हुन् ।

यसका लागि सूचना प्रविधि महाशाखाले समन्वय गरेको थियो । सफ्टवेयर विकासकर्ता सूचना प्रविधि विशेषज्ञले प्रणाली विकास गरेका हुन् । प्रणालीमा प्राप्त सूचनालाई रोगसँग सम्बन्धित बिशेषज्ञ डाक्टर, तथ्याङ्क विशेषज्ञ, भौगोलिक सूचना–प्रविधि विषेषज्ञले तथ्य बिश्लेषण गरेर त्यसका आधारमा जिज्ञासु प्रयोगकर्ता र महानगरलाई अवस्थाका बारेमा प्रणालीले सूचना दिन्छ । तथ्य बिश्लेषणपछि — बिरामीले सावधानी अपनाउनु पर्ने नपर्ने, घरमै सुरक्षित बसे हुन्छ कि स्वास्थ्य संस्थामा जानुपर्छ ? बिशेषज्ञ स्वास्थ्य सेवा आवश्यक पर्छ कि? जस्ता बिरामीका अवस्था थाहा पाउन सकिन्छ ।

यस प्रणालीबाट — संक्रमणको आशंका भएका व्यक्तिहरु अस्पताल गएर भीड हुने अवस्थामा कमी ल्याउँछ । महानगरले तथ्यमा आधारित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण पाउँछ र व्यक्तिले घरबाटै सेवा पाउने अवसर पाउँछन् । प्रणाली शुभारम्भ गरिसकेपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भने, ‘पछिल्लो संवेदनशील परिस्थितिलाई ध्यानमा राखेर यो प्रणाली बिकास गरिएको हो । कतिपय बेलामा व्यक्तिको सावधानीले मात्र पनि सेवा प्रवाहलाई सहज बनाउँछ । सेवा दिनुपर्ने ठाउँमा उपचार नगरी नहुने बिरामी मात्र भए भने सेवाप्रवाहमा अनावश्यक प्रक्रिया, झन्झट र खर्च गर्नु पर्दैन । हामी हाम्रा सेवालाई चुस्त र व्यबस्थित बनाउँदै लाँदैछौं ।’

यसलाई थप व्यवस्थित गर्न आवश्यक पर्दा हामी महानगरपालिकाको सहयोगमा सञ्चालन भएको नेपाल एम्बुलेन्स सेवा (१०२) लाई परिचालन गरेर सेवा छिटो र उपचारलाई गुणस्तरीय बनाउने उनले बताए ।

यो प्रणाली अहिलेका लागि कोभिड नियन्त्रणका लागि तयार गरिएको हो । तर, महामारी नियन्त्रणमा आइसकेपछि पनि यसलाई महानगरले यसलाई नियमित प्रयोगमा ल्याउन सक्छ । प्रणालीका विकासकर्ता एवं सुचना प्रणालीविज्ञ भुषणराज श्रेष्ठ भन्छन् — महामारी नियन्त्रणका लागि बिश्व अनुभवबाट प्राप्त ज्ञानको प्रयोग काठमाडौंका लागि नयाँ हो । मलाई संक्रमण भयो कि भनेर मनमनै डर राख्ने तर स्वास्थ्यकर्मीको पहुँचमा जान अप्ठ््यारो मानीरहेका व्यक्तिहरुका लागि यो सजिलो उपाय हो ।

नेपाल रिसर्च एडुकेशन नेटवर्क, जनस्वास्थ्य सरोकार ट्रष्ट, इनोभेटिभ सोलुसन, नेपाल डिजास्टार–इमर्जेन्सी मेडिसिन सेन्टरलगायतका संघसंस्थाको साझेदारितामा यो प्रणाली विकास भएको हो । प्रणालीले महामारी नियन्त्रण गर्नुपर्ने जटिल परिस्थितिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वयन गर्न र एकीकृत कार्यक्रम गर्जुमा गर्न मद्दत गर्नेछ । त्यस्तै संक्रमणको शंका लागेका व्यक्तिले अनावश्यक चिन्ता र मानसिक तनाव लिएर बस्नुको सट्टा आफ्नो यथार्थ स्थितिबारे उपयुक्त श्रोत र बिधि तथा वस्तुगत रुपमै स्पष्ट भएर उपयुक्त निर्णय प्रणालीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रणाली सार्वजनिक गर्ने अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रशासन बिभागका प्रमुख नमराज ढकाल, सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनाल र जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्य सहभागी थिए ।

कसरी लिन सकिन्छ जानकारी ?

तपाईँहरु सबैले यो एप्लिकेसन गुगलको ‘प्लेस्टोर’ बाट डाउनलोड गरी इन्स्टल गर्न सक्नुहुन्छ । यसको प्रयोग गर्दा त्यसमा सोधिएका तपाईको अवस्थाका बारेका केही प्रश्नको उत्तर दिनुपर्छ । मानौ तपाईलाई डाक्टरको चेकजाँच भइरहेको छ । अवस्थाको परिवर्तनका बारेमा थाहा दिन बिहान, दिउँसो र बेलुका गरी दिनको तीन पटक आफ्नो स्थितिबारे थाहा दिनुपर्नेछ । यसरी सोधिएको प्रश्नको तपाई वा तपाईको आफन्तसँग सम्बन्धित सूचना पठाएपछि ड््यासबोर्डमा रहेका डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुले तत्काल देख्नेछन् र अनुगमन शुरु गर्नेछन् ।

तपाईले पठाउनुभएका सूचना सर्भरमा संग्रह हुनेछ । यहाँ तपाईले कुन सहर वा ठाउँबाट सूचना भर्नुभएको हो भन्ने कुरा थाहा हुनेछ । प्राप्त सूचना बिश्लेषण गरेर ड््यासबोर्डमा रहेका स्वास्थ्यकर्मीले तपाईँ कोभिड — १९ (कोरोना)को जोखिममा हुनुहुन्छ कि हुन्न । त्यो जोखिम छ भने कति छ?े स्थिति कुन दिशातर्फ जाँदैछ, निको हुँदैछ कि रोग बढ्दैछ? भन्ने सूचना पाउनेछन् । उनीहरुले पाएको सूचनाका बिश्लेषण गरेर तपाईलाई तपाईको अवस्थाका बारेमा एप्लिकेसनबाट थाहा दिनेछन् । यसमा तपाईँ घरमै ‘सेल्फ क्वाराइन्टाइन’मा बस्नु पर्ने नपर्ने, अस्पतालमा भर्ना हुनुपर्ने वा नपर्ने सल्लाह हुनेछन् ।

यससँग सम्बन्धित सूचना सम्बन्धि अधिकार महानगरपालिकासँग मात्र हुनेछ । यसमा बिरामीको गोपनीयतालाई सुरक्षित राखिनेछ । यसरी सल्लाह दिनका लागि आपतकालीन स्वास्थ्यबिज्ञ डा. रमेशकुमार महर्जन, जनस्वास्थ्य बिज्ञ डा. सरोज धिताल सूचना प्र्रणालीबिज्ञ भूषणराज श्रेष्ठलगायतको टोलीले काम गर्नेछ ।

यो एप्लिकेसन प्लेस्टोरमा समावेश गर्न लाग्ने अवधिसम्म महानगरको वेभ पेज www.kathmandu.gov.npबाट सूचना सूचना लिने काम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

मनास्लु क्षेत्रमा ९ महिनामा आठ हजार विदेशी पर्यटक

  गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको ९ महिनाको अवधिमा आठ हजारभन्दा

इजरायलमा हमासको आक्रमणमा मारिएका आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

जनकपुरधाम । इजरायलमा हमास समूहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएका धनुषाका