सुरूङे माष्टरजी, १७ हजारको रगतको लाल सलाम !



रमा सिंह ।
‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो’भन्ने तपाईको बिकृत मानशिकताबाट उब्जिएको ज्ञानको निन्दा गर्दै चुनौति दिन्छु ।
१ इन्च जग्गा फिर्ता ल्याउनु त के, गएर त्यो जग्गामा फोटो खिचेर देखाउनुस् सायद म लगायत १७ हजार आत्मा र तिनका परिवारले पंचखत माफ गरिदेलान् !

तर सबैकुराको बिज्ञ मै हु भनेर घमण्ड नपाल्नु होला । हो नेपाली जनता मार्नमा, भारतको दलाली गरेर नेपाल ध्वस्त पार्नमा र लुटको धनले बिलासी जीवन जिउनमा तपाई बिज्ञ हुनुहुन्छ, नेपाली जनताले बुझिसके ।

स्वधर्म, संस्कृति, इतिहास र भुगोलमा तपाईको बिज्ञता पनि जनताले दिनदिनै भोग्दैछन् …देख्दैछन् ….
त्यसैले तपाई जस्तो माष्टर साबलाई म जस्तो अनपढले के पढाउनु !
तर पनि यो सानो जानकारी टिपोट गर्न अनुरोध गर्दछुः

सन् १९६२ को भारत चिन युद्धमा भारत पराजित भएपछि आफू सुरक्षित हुनको लागि भनेर तात्कालिन भारतिय प्रधानमन्त्री नेहरूले स्व. राजा महेन्द्रसंग अनुमति लिएर भारतीय सेना नेपालको कालापानीमा शरणमा बसेका थिए। तपाईले नपढदैमा इतिहास मेटिएला र ?

त्यतिबेला कालापानीमा मात्र नभई नेपालभरी करिब २० वटा भन्दा धेरै भारतिय सैनिक क्याम्पहरु थिए। राजा महेन्द्रले सन् १९६८ सम्ममा करीब १७ वटा सैनिक क्याम्प नेपालबाट हटाए तर कालापानीमा सुगौली सन्धिको विषय लिएर विवाद भएपछी त्यो क्याम्पबाट त्यतिबेला भारतीय सेना हटाउन कुटनैतिक पहल सुरू भयो तर सन् १९७१ मा ( २०२८ माघ १७ गते सोमबारको दिन ) राजा महेन्द्रको निधन पछी यो कुरा केहि समयको लागि त्यत्तिकै सेलायो।

राजा महेन्द्र स्वर्गिय भएको ९ बर्ष पछि २०३७ सालमा भएको जनमतसंग्रहमा कालापानि, लिपुलेक र लिम्पियाधुरामा पनि मतदान भएको इतिहास साक्षी छ ।

त्यसपश्चात सन् १९७४-७५ तिर राजा विरेन्द्रको पालामा प्रकाशीत भएको नक्सामा कालापानी बारे विवाद कायम नै भएको कारण न यताको न उताको गरि रातो घेरा लगाएर नक्सा प्रकाशीत गरियो।भारत र नेपाल दुबैले त्यसलाई बिवादित क्षेत्र मानेर दुबै देशले आआफ्नो नक्सामा नराखेको भन्ने भनाई सिमाबिदहरूको छ।

त्यसपछी भारतले कहिले बहुदलिय प्रजातन्त्र त कहिले गणतन्त्रको नाममा जनतालाई भ्रममा अल्झाउदा तपाई जस्ता नेताको हातबाट कालापानी मात्र हैन महाकाली , टनकपुर पनि कब्जा गर्यो।

आज खोक्रो राष्ट्बादका ठुल्ठुला कुरा उठाउने नेताहरूले महाकाली सन्धी गर्दा यो चुच्चे नक्सा देखेनछन् ?
तपाइले बनाएको “ नेपालको संविधान २०७२ को धारा ४ (२) (क) अनुसार ‘नेपालको क्षेत्र यो संविधान प्रारम्भ हुँदाका बखतको हुनेछ “
भन्नुको अर्थ “०७२ को संविधान अनुसार कालापानी बारे जुन विवाद कायम थियो अब त्यो अन्त्य भयो। आज संविधान बन्दा जुन सिमानामा नेपाल छ त्यहि नै नेपालको वास्तवीक सिमाना हो भन्दाको बखत आज तपाईमा देखिएको चुच्चे नक्साको ज्ञानको पुंज कहा लुकेको थियो ?
सुरूंगे माष्टर साब अब भन्नुस् , कालापानी कसले बेच्यो ?
महेन्द्रले ?
वीरेन्द्रले ?
ज्ञानेन्द्रले ?
कि गणतन्त्रको संविधानले ?
अनि यो संविधान कसले बनाएको ?
राजाले ,
जनताले ?
कि दलहरुले ?
अथवा विदेशीले तयार गरेर दिएको ?
राजाको पालामा सार्वजनिक गर्न नसकेको नक्सा कुन आँटले भारतले अहिले सार्वजनिक गर्यो ?
कसको पालामा पुरै रोड नै बन्न थाल्यो ?
डोजर चलाउन थालेको १२ वर्ष भयो कालापानीमा।
राजसंस्था हटेको कति वर्ष भयो ?
गणतन्त्र आएको कति वर्ष भयो ?
इतिहासबाट हिसाब किताब खोजौ दृश्य स्पस्ट देखिन्छ माष्टरजी !
इतिहास बोल्दैन तर बदलिदैन पनि ।
माष्टरजी ,
अब त नेपाली जनताले कुनै दिन सुरूंगे माष्टरजीको थुतुनोबाट यस्तो सुन्दा पनि आश्चर्य मान्ने छैनन् कि “ देश भारतलाई पृथ्वीनारायण शाहले एकीकरण गर्दा नै बुझाएका रहेछन्…..”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनि कसरी बन्छ देश ?

डा. युवराज संग्रौला । १. खाट विदेशी, डस्ना विदेशी, तन्ना विदेशी, तौलिया, ऐना,

आर्थिक मन्दीकाबारेमा किन मौन छ संसद ?

डा. युवराज संग्रौला । पूर्वी नेपालका समस्याहरुले राष्ट्रको बारेमा गम्भीर बनाएको छ, म

असल स्वास्नी–२

डा. गोविन्दशरण उपाध्याय । मैले नेपाली जनजीब्रोमा प्रचलित ‘लोग्नेस्वास्नी’ शब्दको प्रयोग गरेको पढेर

असल स्वास्नी

डा. गोविन्दशरण उपाध्याय । अर्पणा र अर्पणको विवाह भएको दुई वर्ष भयो ।